बोलाएको समयमा वडाध्यक्ष नआएपछि जलाइयो वडा कार्यालय

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ६ गते १५:४१
बोलाएको समयमा वडाध्यक्ष नआएपछि जलाइयो वडा कार्यालय

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका( १ को वडा कार्यालयमा आगलागी भएको छ।

आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आगो लगाएको प्रहरीले जनाएको छ ।

आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ।

कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष गंगाराम सुनारले जानकारी दिए ।

वडाध्यक्ष सुनारले भने, ‘वीरेन्द्रनगर वडा नं। १ वांगेशिमल बस्ने २५ वर्षको वास्तान लामिछानेले मलाई फोन गरेका थिए । १० बजेर ४ मिनेटमा फोन गरेर २ मिनेटमा कार्यालय आइपुग्न धम्की दिएका थिए । सो समयमा आफु एउटा कार्यक्रममा भएकोले केही समय लाग्ने हतार भए कागज लिएर आउनु भनेर फाेन राखे केही समयमा त कार्यलयमा आगलागी भयाे भन्ने खबर अायाे, उनले भने ।

प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।

प्रकाशित : २०७८ असोज ६ गते १५:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI