आमाको शोकमा रहेका अमृतको कावासोती नगर सभापतिमा उम्मेदवारी घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ९ गते २०:४३
आमाको शोकमा रहेका अमृतको कावासोती  नगर सभापतिमा उम्मेदवारी घोषणा

कावासोती । नेपाली काङ्ग्रेसको कावासोती नगरपालिकाको सभापति पदमा कावासोती-३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छ्न ।

शनिबार बिपि स्मृति भवन कावासोतीमा औपचारिक समारोह आयोजना गरेर आमाको शोकमा रहेका श्रेष्ठले आफ्नो नेतृत्वमा पदाधिकारीको प्यानल घोषणा गरेका हुन ।

शनिबार घोषणा गरिएको प्यानलको
सभापतिमा अमृत कुमार श्रेष्ठ उप-सभापतिमा जित बहादुर महतो र मुक्ति थापा पुलामी, सचीवमा लेखनाथ दवाडी र हरिवंश सुवेदी, सह- सचिबमा पुष्पा देबि गुरौ र भिम बहादुर अधिकारी रहेका छ्न ।

जिल्लामा महामन्त्री डाक्टर शशांक कोइराला र काङ्ग्रेस नेता विष्णुकुमार कार्की  निकट समुहमा रहेर श्रेष्ठले प्यानल सहितको उम्मेदवारी घोषणा गरेका हुन ।

यस अघि जिल्लाका काङ्ग्रेस नेता महेन्द्र ध्वज जिसिको निकट रहेका शालिकराम ढकालले प्यानल सहित उम्मेदवारी घोषणा गरेका थिए ।

प्रकाशित : २०७८ असोज ९ गते २०:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI