भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ११ गते ७:३८
भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी

चितवन : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् ।उनले ६४९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे । महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन् । यस्तै महानगर उप सभापतिमा वुद्धिकान्त न्यौपाने र विजय घले बिजयी भएका छन् । न्यौपानेले ६६१ तथा घलेले ५५६ मत प्राप्त गरेका छन् । महानगर सचिवमा प्रनिशा गुरुङ विजयी भएकी छन् । गुरुङले ५६४ मत प्राप्त गरिन् । उता सह सचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी भएका छन् । पण्डितले ५१३ तथा पौडेलले ४२० मत प्राप्त गरेका छन् ।

प्रकाशित : २०७८ असोज ११ गते ७:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI