पत्रकार राना काङ्ग्रेस बौदीकाली गाउँपालिकाको सभापतिमा निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १२ गते १६:५३
पत्रकार राना काङ्ग्रेस  बौदीकाली गाउँपालिकाको सभापतिमा निर्वाचित

नवलपुर । पहाडी गाउँपालिका बौदीकालीमा नेपाली काँग्रेस सभापतिमा केवी राना निर्वाचित भएका छन् । आज मंगलवार सम्पन्न निर्वाचनमा रानाले मनबहादुर सारुलाई १७ मतान्तरले पछाडी पार्दै गाउँ कार्य समितिको सभापतिमा निर्वाचित भएका हुन् । रानाले ५५ मत पाउँदा सारुका पक्षमा ३८ मत परेको थियो ।

 

बौदीकाली काँग्रेस कार्य समितिको पदाधिकारी सहित सदस्यहरु भने निर्विरोध चुनिएका छन् ।

उपसभापतिमा डिल्लीराम राना र मिनकुमार सारु चुनिएका छन् ।

सचिवमा राजु कंडेल र केशवराज ओझा तथा सहसचिवमा दानबहादुर मश्राङ्गी र यमबहादुर थापा निर्विरोध निर्वाचित भएका बौदीकाली वडा नं. २ का काँग्रेस सभापति डिलकुमार श्रेष्ठले जानकारी गराए

कुल ९९ मतदाता रहेकामा ९३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : २०७८ असोज १२ गते १६:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI