दुम्किबासबाट ठूलो मात्रामा पटका बरामद

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २१ गते ११:१५
दुम्किबासबाट ठूलो मात्रामा पटका बरामद

नवलपुर । आजबाट दशै शुरु भएको छ तर, व्यापारीहरुले भने तिहारलाई लक्षित गरी पटेका जस्ता विस्फोटक पदार्थहरु भित्र्याउन शुरु गरिसकेका छन् । नेपालमा प्रतिबन्धित पटकाहरु प्रहरी तथा सुरक्षा निकायको निगरानीका बीच पनि प्रशस्त मात्रामा नेपालको बजारमा भारतबाट भित्र्याइने गरिन्छ ।

नवलपुरमा पनि पटका भित्र्याउने क्रम शुरु भएको छ । यसैबीच नवलपुर प्रहरीले दुम्किबास बजारबाट ठूलो मात्रामा पटका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी गाउँपालिका १ दु्म्किबास बजारबाट प्रहरीले पटका बरामद गरेको हो ।

प्रहरी निरीक्षक हिक्मत बहादु थापाको कमाण्डमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु १ ख ९८०८ नम्बरको बस चेकजांच गर्ने क्रममा उक्त बसमा बेवारिसे अवस्थामा रहेको पटका बरामद गरेको हो ।

प्रहरीले बुलेट बम पटका १ हजार ५ सय पिस र सानो खाले नागिन पटका ९ हजार ८ सय पिस बरामद गरेको हो ।

प्रकाशित : २०७८ असोज २१ गते ११:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI