वाङ्ग्मय चितवनको कार्यक्रम “आमाको माया छात्रावासमा”

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २१ गते १८:४७
वाङ्ग्मय चितवनको कार्यक्रम “आमाको माया छात्रावासमा”

भरतपुर । भरतपुर महानगरपालिका वडा नम्वर १२ मुनालचोक मा अबस्थित आमाको माया छात्रावासमा आज लायन्स क्लब अफ वाङ्गमय चितवनले आश्रममा आश्रित १६ बालिकाहरुका लागि खाना खुवाउने र शैक्षिक सामाग्री,लत्ताकपडा लगाएत सेनेटरी प्याड समेत बितरण गरेको छ ।

आश्रममा आश्रयलियर बसेका बालिकाहरुलाई लक्षित गर्दै लायन्स क्लब वाङ्ग्मयले आफ्नो आश्रममा कार्यक्रम राखेकोमा मुग्धकण्ठले प्रशंसा गर्दै आगामी दिनमा लायन्स क्लबले यस्ता कार्यक्रमहरू आयोजना गर्न र अन्य संघसस्था हरुलाइ समेत सहयोगको लागि आग्रह गर्दै आश्रमकि सस्थापक सदस्य शर्मिला हमालले क्लबलाई धन्यवाद दिनु भएको थियो ।
लायन्स क्लब अफ वाङ्ग्मय चितवनकि सदस्य भावना तिमिल्सिना “काव्य-लता” ले आफ्नो जन्मदिन पारेर उक्त कार्यक्रमको सम्योजन गर्नुभएको थियो ।

क्लबका तृतीय उपाध्यक्ष होमनाथ घिमिरेले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष रामहरी श्रेष्ठले वाङ्ग्मय सामाजिक एवं साँस्कृतिक परिवर्तनका लागि अनवरत रुपमा क्रियाशील रहेको र आगामी दिनमा रचनात्मक र सामाजिक कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । लायन्स क्लब अफ वाङ्गमय चितवनकि अध्यक्ष हरिप्रिया रिजालको सभापतित्वमा मा सम्पन्न भएको कार्यक्रममा सावित्री ढकाल,पुष्प अधिकारी “अञ्जली”,कृष्ण प्रसाद खनाल ,राजेन्द्र पौडेल,बलराम दाहाल,दिलकुमारी नेपाल,इन्दिरा अधिकारी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका सचिब सुजन अधिकारीको सहजीकरणमा सप्पन्न भएको थियो ।

प्रकाशित : २०७८ असोज २१ गते १८:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI