स्वास्थ्यमा विरोध खतिवडा, रामकुमारी पर्यटन मन्त्रीमा सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २२ गते १४:२५
स्वास्थ्यमा विरोध खतिवडा, रामकुमारी पर्यटन मन्त्रीमा सिफारिस

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहाभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । समाजवादीले नेता विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरेको छ ।

स्वास्थ्यका लागि प्रस्ताव गरिएकी नेतृ रामकुमारी झांक्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीका लागि सिफारिस गरिएको स्रोतले जनाएको छ ।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा किसान श्रेष्ठ तथा सहरी विकासमा प्रेम आलेलाई सिफारिस गरिएको छ । त्यस्तै भवानी खापुङलाई राज्यमन्त्रीमा सिफारिस गरिएको स्रोतको दाबी छ ।

प्रकाशित : २०७८ असोज २२ गते १४:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI