तीन महिनापछि देउवाले गरे मन्त्रिपरिषद् विस्तार (सूचीसहित)

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २२ गते १५:५५
तीन महिनापछि देउवाले गरे मन्त्रिपरिषद् विस्तार (सूचीसहित)

काठमाडौँ – गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । देउवाले आज शुक्रबार सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

सत्ता गठबन्धनमा रहेका कांग्रेसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले मन्त्री बन्नेको सूची देउवाले राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् । मन्त्री बनेकाहरूको आज नै अपरान्ह ४ बजे शपथको कार्यक्रम तय भएको छ ।

 

कांग्रेसका खाण, खड्का र कार्की यसअघि नै मन्त्री बनिसकेका छन् । देउवाले अहिले कानुनमन्त्री रहेका कार्कीको भने जिम्मेवारी हेरफेर गरेर सञ्‍चारमन्त्री बनाएका छन् । माओवादीका शर्मा र भुसाल यसअघि नै मन्त्री बनेका हुन् । भने पौडेल, श्रेष्ठ र गहतराज आज मन्त्री बनेका हुन् ।

प्रकाशित : २०७८ असोज २२ गते १५:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI