रजहरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २८ गते ८:५६
रजहरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १६ रजहर चोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको निधन भएको छ भने ३ जना घाइते भएका छन् ।

बुधबार साँझ रजहर चोकमा पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लु २२ प ६७६९ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फ जादै गरेको बाग्मती प्रदेश ०३ – ००३ प १५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खादा एक जनाको निधन भएको हो ।

दुर्घटनामा परी बाग्मती प्रदेश ०३–००३ प १५२६ नम्बरको मोटर साइकल चालक पूर्वी नवलपरासीको देवचुली १ बस्ने वर्ष बस्ने वर्ष ४० को ज्ञान प्रसाद बास्ताकोटीकी श्रीमतीको ३६ की नैना बस्ताकोटीको निधन भएको हो ।

दुर्घटनामा ज्ञानप्रसाद बस्ताकोटी पनि घाइते भएका छन् । उनको टाउको र बायाँ खुट्टामा चोट लागेको नवलपुर प्रहरीले जनाएको छ ।

 

 

त्यसैगरी लु २२ प ६७६९ नम्बरको मोटरसाइकल चालक कपिलबस्तुको बुद्व नगरपालिका १ बस्ने वर्ष २१ को रन्जित मल्ल र पछाडी सवार चालकको दाजु वर्ष २७ को रणदिप मल्ल पनि घाइते भएका छन् ।

 

 

उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।

प्रकाशित : २०७८ असोज २८ गते ८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI