अफगानिस्तानको कन्दहार सहरको एक मस्जिदमा विस्फोट, १६ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २९ गते १९:२४
अफगानिस्तानको कन्दहार सहरको एक मस्जिदमा विस्फोट, १६ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको कन्दहार सहरको एक शिया मस्जिदमा भएको बम विस्फोटमा परी १६ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीकाअनुसार अन्य ३२ जना घाइते भएका छन् ।

विस्फोट कन्दहार सहरको इमाम बारगाह मस्जिदमा भएको समाचारमा उल्लेख छ ।

विस्फोटको कारण खुल्न सकेको छैन । तर, अफगानिस्तानको उत्तरी सहर कुन्दूजको शिया मस्जिदमा भएको ठिक एक हप्तापछि कन्दहारको मस्जिदमा विस्फोट भएको हो । कुन्दूजमा गत शुक्रमा विस्फोट भएको थियो ।

जसको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।

प्रकाशित : २०७८ असोज २९ गते १९:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI