एनटिसीले ल्यायो अटम अफर ६ सयमा महिनाभर डाटा र भ्वाइस सेवा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १ गते ८:०९
एनटिसीले ल्यायो अटम अफर ६ सयमा महिनाभर डाटा र भ्वाइस सेवा

नेपाल टेलिकमले मोबाइल सेवामा अटम अफर ल्याएको छ । यस अघि समर अफरलाई परिमार्जन गरी आकर्षक डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराएको विज्ञप्ती मार्फत जनाएको हो ।

९० दिनसम्म रहने अटम अफर आज(सोमबार) देखि लागु हुने जनाएको छ । अफरमा सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर पनि रहेको छ । यसमा ३० दिनसम्म चलाउन मिल्ने गरी ५९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा दिएको छ ।

साथै अटम अफर खरिद गरेपश्चात् सुलभ दरमा डाटा सेवा समेत लिन चाहेमा ग्राहकले २९९ मा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा खरिद गर्न सक्नेछन् ।

टेलिकमले अर्को सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर ल्याएको छ । यसमा जम्मा ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ ।

अर्को सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर समेत रहेको छ । यसमा जम्मा ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिनेछ ।

अर्को थप सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर ल्याएको छ । यसमा जम्मा १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।

टेलिकमले सस्तो प्रिपेड कम्बो प्याक पनि सार्वजनिक गरेको छ । यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जिबी डाटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक अफरमा भने जम्मा ५९९ मा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिनुभएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहनुभएमा जम्मा २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने छ

प्रकाशित : २०७८ कार्तिक १ गते ८:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI