आजको मौसम : केही स्थानमा हिमपातको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १७ गते ८:३२
आजको मौसम : केही स्थानमा हिमपातको सम्भावना

काठमाडौँ । देशको केही पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा बुधबार मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हिमपातको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड र हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली , गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित : २०७८ कार्तिक १७ गते ८:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI