टी-२० विश्वकप : नामिबियालाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १७ गते ८:३७
टी-२० विश्वकप : नामिबियालाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

एजेन्सी । आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले नामिबियालाई हराएको छ।

पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ५ विकेटको क्षतिमा १४४ रन मात्र बनायो । पाकिस्तान जारी विश्वकपमा सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनाउन सफल भयो ।

१९० रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा समेटिन पुग्यो ।

सुरुवाती ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि मोहम्मद रिजवान र कप्तान बाबर आजमले अर्धशतक प्रहार गरेका थिए । त्यस्तै रिजवानले ५० बलमा ८ चौका र ४ छक्काको मद्दतले अभिजित रहँदै ७९ रन बनाउँदा आजमले ४९ बलमा ७ चौकाको मद्दतले ७० रन जोडे। त्यस्तै, मोहम्मद हाफीजले ३२ रन बनाउँदा फखर जमानले ५ रन जोडे।

बलिङतर्फ नामिबियाका डेभिड विस र जेन फ्राइलिंकले १र१ विकेट लिएका थिए ।

ब्याटिङमा उत्रिएको नामिबियाका लागि डेभिड विसले सर्वाधिक ४३ रन बनाउँदा क्रेग विलियम्सले ४०, स्टेफान बार्डले २९, कप्तान जेर्हार्ड इरासमसले १५ रन जोड्न सफल भएका थिए ।

प्रकाशित : २०७८ कार्तिक १७ गते ८:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI