आज काग र कुकुर तिहार

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १७ गते ८:४४
आज काग र कुकुर तिहार

नवलपुर ।  आज  कार्तिककृष्णपक्ष त्रयोदशी तिथि परेकाे छ । आजै काग र कुकुर तिहार परेकाे छ । आज बिहान पहिले कागलाई निमन्त्रणा गरेर खाने कुरा दिने गरिन्छ । यमदूतका रुपमा कागलाई पूजा गर्ने गरिन्छ ।

काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त हो । युगान्तरमा कागले सन्देश र सूचना प्रभा गर्ने काम गरेकाले अहिले पनि कागलाई हामीले बर्षमा एकदिन भएपनि पूजा गर्ने गरिन्छ । सबै पक्षीमध्ये चेष्टा राख्ने भनेको काग हो । त्यसैले भनिन्छ, विद्यार्थीमा पनि कागको जस्तो अध्ययन गर्ने चेष्टा हुनुपर्छ ।

गृह अर्थात् घरको सुरक्षा र रक्षा गर्ने कुकुर हो । त्यसैले सहरमा अहिले कुकुर पाल्ने चलन बढेकाे छ । कुुकुर पनि यमराजको भक्त हो । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । अपराधकाे अनुसन्धान र अध्ययन अनुसन्धानको काममा पनि कुकुरको प्रयोग गरिन्छ । गृह र देशको रक्षाका काममा कुकुरको आवश्यकता बढ्दो छ । त्यसैले हरेक वर्ष एकदिन भए पनि कुकुरको पूजा गर्ने गरिन्छ ।

यसपटक काग र कुकुरको पूजा एकैदि न परेको छ । तिथिका कारणले यस्तो हुन गएको हो । बिहीबार लक्ष्मीपूजा अर्थात तिहारको मुख्य दिन भएकाले आजदेखि सबैले आफ्नो घर सफा गर्ने, घरभित्र रहेको मन्दिरका सजावट गर्ने र घरमा दिपमालिका गर्ने गरिन्छ ।

आज बिहान सूर्योदय ६ः१७ मा र सूर्यास्त १७ः१७ मा हुनेछ । यमपञ्चक भएकाले दिन विशेष र शुभ मानिन्छ ।

प्रकाशित : २०७८ कार्तिक १७ गते ८:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI