नवलपुरमा क्षयरोग प्रेषण केन्द्रको उद्घाटन

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १७ गते १९:४४
नवलपुरमा क्षयरोग प्रेषण केन्द्रको उद्घाटन

नवलपुर । नवलपुरमा निर्माण गरिएको क्षयरोग प्रेषण केन्द्रको उद्घाटन गरिएको छ । जिल्लाको कावासोती नगपालिका १६ डण्डा स्थित मध्यविन्दु जिल्ला अस्पतालमा निर्माण गरिएको केन्द्रको बुधबार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले केन्द्रको उद्धघाटन गरेका हुन । नयाँ जिवनका लागि हातेमालो र दामियन फाउन्डेसन बेल्जियम नेपालको सहयोगमा निर्माण गरिएको केन्द्रमा जटिल प्रकारका क्षयरोगीको उपचार गरिने छ । जिल्ला स्तरीय क्षयरोग उपचार केन्द्र स्थापना भएपछि क्षयरोगका विरामीलाई उपचारका लागि सहज हुने विश्वास गरिएको छ । एक करोड २६ लाख ९० हजार २९५ रुपिँया लागतमा उक्त संरचना निर्माण भएको हो । अस्पतालका लागि आवश्यक वेड लगायतका सामाग्री र ट्रान्सफरमर समेत गरेर सो संस्थाले १३ लाख ९७ हजार ४३२ रुपिँया बराबरको सहयोग गरेको छ ।

प्रकाशित : २०७८ कार्तिक १७ गते १९:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI