नारायणगढमा बस दुर्घटना

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २४ गते ९:२५
नारायणगढमा बस दुर्घटना

चितवन ।बाँकेको कोहलपुरबाट चितवनको सौराहा घुम्न आएका पर्यटक सवार बस आज बिहान नारायणगढको लायन्सचोकमा दुर्घटना भएको छ । बस अनियन्त्रित भई सडकबाट तल खसेको हो । उक्त दुर्घटनामा परी बसमा सवार १२ घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नेपालगञ्जबाट सौराहा आउँदै गरेको भे १ ख २८३६ नम्बरको बस भरतपुर महानगरपालिका वडा नं. ३ लायन्सचोकमा दुर्घटना भएको हो । घाईतेहरुको उपचारका लागि भरतपुरका विभिन्न अस्पताल पठाईएको प्रहरीले जनाएको छ । उक्त बसले चार वटा बसलाई ठक्कर दिंदै दुर्घटना भएको प्रहरीको भनाई रहेको छ । बसमा ४५ जना सवार रहेका थिए । घाईतेको संख्या बढ्न सक्ने बताईएको छ ।

प्रकाशित : २०७८ कार्तिक २४ गते ९:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI