पेट्रोलियम पदार्थमा  मूल्यवृद्धिको विरोधमा नेकपा द्वारा नेपाल बन्द सहितको आन्दोलन घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २५ गते १३:३२
पेट्रोलियम पदार्थमा  मूल्यवृद्धिको विरोधमा नेकपा द्वारा नेपाल बन्द सहितको आन्दोलन घोषणा

नवलपुर । नेपाल कम्युनिस्ट पार्टी नेकपाले नेपाल बन्दको घोषणा गरेको छ । सरकारले दैनिक जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा  मूल्यवृद्धि गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको हो ।

नेकपाले मूल्यवृद्धि बिरुद्ध सशक्त प्रतिरोध संघर्षमा उत्रन सबै जनवर्गीय संगठन र समस्त जनसमुदायमा अपिल गरेको छ । साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि खारेज गर्न समेत सरकारसँग माग गरेको छ । नेकपाका महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ती गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

महासचिव विप्लवले कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक २६ गते प्रचारप्रसार र साझँ मसाश जुलुस, कात्तिक २७ गते देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम, कात्तिक २९ गते सिठ्ठी जुलुस, कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेका हुन् । सरकार बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

प्रकाशित : २०७८ कार्तिक २५ गते १३:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI