नवलपुरमा कोरोनाले रोकिएका एकादशी मेला यस वर्ष लागे

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २९ गते १६:५१
नवलपुरमा कोरोनाले रोकिएका एकादशी मेला यस वर्ष लागे

नवलपुर । नवलपुरमा कोरोना महामारीको कारण रोकिएका एकादशी मेला भने यस वर्ष निर्वाध रुपमा लागेका छन । जिल्लाको पिठौली, केउरानी, सिख्रौली घाट, गुन्द्रही, गैडाकोट र त्रिवेणीधाममा मेला भर्ने र नारायणी स्नान गर्न दिनै भर भिड लागेको छ ।

धार्मिक मान्यता अनुसार एकादशीका दिन नारायणी स्नान गर्नाले पुण्य मिल्ने जन विस्वास रहेको छ । जिल्लाको विभिन्न स्थानमा नारायणी नदि किनारमा लागेका मेलामा तुलसी विवाहा, तोरण तार्ने जस्ता धार्मीक अनुष्ठानहरु पनि आयोजना भएका छन । हरि बोधनी एकादशीको दिन नारायणी स्नान, तुलसी विवाहा र तोरण तार्ने गर्नाले पुण्य प्राप्त हुने पण्डीत रिमप्रसाद आचार्य बताउछन ।
गत वर्ष कोरोनाका कारणले मेला रोकिए पनि यस वर्ष भने ३ दिन अगाडी बाटै नारायणी नदि किनारमा मेला लागेका हुन । स्थानीय मेला व्यवस्थापन समिति, युवा क्लब, टोल सुधार संस्थाहरुले व्यवस्थापन गरेको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिईरहेका छन ।

जिल्लाका विभिन्न स्थानमा लागेका मेलाहरुमा स्थानीयरुपमा उत्पादन भएका तरुल, सखरखण्ड, सुन्तला लगाएतका कृषिजन्य उत्पादनको खरीद बिक्री गर्नेहरुको भिड पनि देख्न सकिन्छ ।
जिल्लामा विनयी त्रिवेणी गाउँपालिका र देवचुली नगरपालीकाले हरिबोधनी एकादशीको दिन स्थानीय बिदा दिएका छन ।

प्रकाशित : २०७८ कार्तिक २९ गते १६:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI