नवलपुर क्षेत्र नं २ “ख” मा तिवारी र चौधरी प्यानल बनाएर मैदानमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २९ गते १७:२७
नवलपुर क्षेत्र नं २ “ख” मा तिवारी र चौधरी प्यानल बनाएर मैदानमा

कावासोती । कांग्रेसको महाधिवेशन नजिकिदै जाँदा नवलपुरमा पनि महाधिवेशनको सरर्गमी बढन थालेको छ । उम्मेदवारहरु प्यानल बनाएर मतदाता सँग मतमाग्दै घरदैलो अभियानमा जुटेका छन ।

पालिका अधिवेशन पछि जिल्लामा स्पष्ट दुईवटा धार देखिए पछि प्रदेश सभा र प्रतिनिधि सभाका निर्वाचन क्षेत्रहरुमा गुटगत उम्मेदवारी देखिएको छ ।

नवलपुर क्षेत्र नं २ “ख” मा कांग्रेस नेता विष्णुकुमार कार्की निकट समुहबाट कृष्ण तिवारी र जिल्लाका अर्का नेता एवं संविधान सभा सदस्य महेन्द्रध्वज जिसि निकट समुहबाट कृष्णबहादुर चौधरी प्रदेश सभा निर्वाचन क्षेत्रको कार्यसमितिमा प्यानलनै घोषणा गरेर मतदाता सँग मत माग्न व्यस्त भएका छन ।

तिवारी नेतृत्वको प्यानलको उपसभापतिमा राजेन्द्रप्रसाद काफ्ले र पृथ्वी काफ्ले, सचिवमा रामचन्द्र भण्डारी र सतीष राई ,सहसचिवमा नवीन तिमिल्सिना र कृष्ण पन्थीको उम्मेदवारी घोषणा भएको छ ।

त्यसै गरि चौधरी नेतृत्वको प्यानलबाट उपसभापतिमा कृष्णमाया क्षेत्री र बेदबहादुर बि.क सचीवमा अजुर्नकुमार भुषाल र डिलजंग रायामाझी, सहसचिवमा शिव शर्मा गैरे र माया बस्यालको उम्मेदवारी घोषणा भएको छ ।

त्यसै गरि प्रदेश महाधिवेशनका लागि प्रदेश महाधिवेशन प्रतिनिधिको लागि पनि गुट गत उम्मेदवारी रहने प्रष्ट देखिएको छ । महामन्त्री कोइराला र अर्का नेता विष्णुकुमार कार्कीको संयुक्त प्यानल रहेकाले पनि तिवारी प्यानल बलियो देखिए पनि निर्वाचनमा प्रतिस्पर्धा हुने काङ्ग्रेस कार्यकर्ताहरु बताउछ्न ।

प्रकाशित : २०७८ कार्तिक २९ गते १७:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI