बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदलीरही हल्का वर्षाकाे सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २ गते १०:५६
बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदलीरही हल्का वर्षाकाे सम्भावना

काठमाडौं : बिहीवार प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरू आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी र कर्णाली, भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले देशभर जाडो बढ्ने क्रम जारी छ । चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ।

 

प्रकाशित : २०७८ मंसिर २ गते १०:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI