No ads found for this position

कांग्रेस नवलपुर : क्षेत्र नं २ को गोलाप्रथा हुन सकेन, बराबरी भएको प्रतिवेदन जिल्लालाई बुझाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १२ गते १९:४६
No ads found for this position
कांग्रेस नवलपुर : क्षेत्र नं २ को गोलाप्रथा हुन सकेन, बराबरी भएको प्रतिवेदन जिल्लालाई बुझाईयो
No ads found for this position

कावासोती । पाँच दिन अगाडिको मतगणनामा बराबरी भएको नेपाली कांग्रेस क्षेत्र नं २ को सभापतिको मत शनिबार गणना गर्दा फेरि पनि बराबर भए पछि गोला प्रथा बाट टुङ्गाउने भनिए पनि उम्मेदवारहरु गोला थुत्न न आएको भन्दै कांग्रेसको क्षेत्रीय निर्वाचन समितिले बराबरी मत आएको प्रतिवेदन जिल्ला निर्वाचन समितिलाई बुझाएको छ ।

क्षेत्र नं २ को निर्वाचन अधिकृतको जिम्मा पाएका हरिप्रसाद देवकोटाले उम्मेदवारहरु न आए पछि गोला प्रथा गर्न नसकिएको भन्दै जिल्ला निर्वाचन कार्यालयलाई प्रतिवेदन पठाईएको बताए । “दोस्रो पटक मतगणना गर्दा समेत मत बराबर भएको र गोला प्रथाका लागि उम्मेदवारगरुलाई बोलाउदा न आएकोले थप प्रक्रियाका लागि हामीले निर्वाचन समितिलाई आग्रह सहित पत्राचार गरेका छौ”, देवकोटाले भने ।

यता आईतबार क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधिको पनि पुन: मतगणना गर्नु पर्ने माग उठेको छ । महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरुले पुन: गणनाको माग गर्दै निवेदन दर्ता गरेको विषयमा देवकोटाले अनविज्ञता प्रकट गरे । महाधिवेशन प्रतिनिधिको अन्तिम मत परिणाम घोषणा गरे अनुसार बुझाईएको पनि देवकोटाले बताए । “यस विषयमा निवेदन परेको भए त्यो पनि जिल्लाले टुङ्गयाउला, हामीले महाधिवेशन प्रतिनिधिको अन्तिम परिणाम जिल्ला निर्वाचनलाई पठाएका छौ,” देवकोटाले भने ।

यस विषयमा जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देल सँग कुराकानी गर्दा क्षेत्रले मत बराबरी भएर गोला प्रथा हुन नसकेको जानकारी  जिल्लामा पठाएको आफुले जानकारी पाएको र यस विषयमा जिल्ला निर्वाचन समितिले कांग्रेसको विधान र निर्वाचन नियमावली अनुसार टुङ्गाउने बताए । “मत बराबर भएको विषय विधान अनुसार गोला प्रथा बाटनै निर्णय हुन्छ, महाधिवेशन प्रतिनिधिको पुन: गणनाको माग भएको जानकारी जिल्ला निर्वाचन कार्यालयलाई छैन”, सिग्देलले भने ।

गत बुधबार गणना गर्दा मत बराबरी भएपछि शनिबार कावासोती पार्टी कार्यालयमा पुन: गणना भएको थियो । गत बुधबार बिहान ५ बजे क्षेत्रीय सभापतिका दुई उम्मेदवारको मत बराबरी भएपछि दुवै उम्मेदवारले पुनः गणनाको माग गर्दै गोला तान्न अस्वीकार गरेका थिए । शनिबार गणना गर्दा पनि दुवै उम्मेदवार जगत कार्की र सुर्य गुरुङले समान ३९४ मत पाए पछि आईतबार गोला प्रथाबाट टुङ्गायाउने भनिए पनि गोला प्रथा हुन नसकेको हो ।

सभापतिका उम्मेदवार कार्की देउवा समुहका नेता विष्णुकुमार कार्की र गुरुङ पौडेल समुहका नेता महेन्द्रध्वज जिसि निकटका उम्मेदवार हुन ।

 

प्रकाशित : २०७८ मंसिर १२ गते १९:४६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI