कांग्रेस वाग्मती सभापतिका लागि दोस्रो चरणको मतदान हुने

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १९ गते ५:१५
कांग्रेस वाग्मती सभापतिका लागि दोस्रो चरणको मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वाग्मती प्रदेशको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार भएको मतदानमा कुनै पनि उमेदवारले ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको हो ।

निर्वाचन समितिका अनुसार शनिबार भएको मतदानमा वाग्मती प्रदेश सभापति पदका उमेदवार इन्द्र बानियाँले ९९२ र उनका प्रतिस्पर्धीहरू जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका छन् ।

अब पहिलो र दोस्रो बढी मत ल्याउने उमेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

शनिबार हेटौँडामा भएको मतदानमा कुल दुई हजार १५१ मध्ये दुई हजार ८३ मत खसेको थियो । शनिबारै रातिदेखि मतगणना सुरु गरिएको थियो ।

प्रकाशित : २०७८ मंसिर १९ गते ५:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI