कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १९ गते ६:५५
कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणनामा सभापतिका अर्का उम्मेदवार अर्जुन जोशीलाई पराजित गर्दै शर्मा सभापति पदमा विजयी भएका हुन् ।

शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट र जोशी पार्टी सभापति शेरबहादुर देउवा नजिक मानिन्छन् । मतपरिणाम भने निर्वाचन समितिबाट सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित : २०७८ मंसिर १९ गते ६:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI