शेखरसहितका नेताले मत नहाल्दा सभापतिमा हारे गुरुराज

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २० गते १३:४०
शेखरसहितका नेताले मत नहाल्दा सभापतिमा हारे गुरुराज

नेपाली काँग्रेस प्रदेश १ को अधिवेशनमा संस्थान इतर पक्षका चार नेताले मतदान गरेनन् । काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान नगरेका हुन् । तर संस्थापन इतर पक्षका प्रदेश सभापतिका प्रत्यासी गुरुराज घिमिरे २ मतले पराजित हुन पुगे ।

उनीहरु मतदान स्थलमै पुगेको भएपनि मतदान नगरेको पाइएको छ । केन्द्रीय नेताहरू सिटौला, मिनेन्द्र रिजाल, अमृत अर्यालले भने मतदान गरेका थिए।  प्रवक्ता विश्वप्रकाश शर्मा भने मतदान गर्न पनि गएका थिएनन्।

सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा बाजी मारे । तर आफू पक्षीय चार नेताले मत नहालिँदा ८४२ मत पाएका घिमिरेलाई २ मत अपुग भयो ।

कोइरालाले प्रदेशमा मत हाल्दा केन्द्रमा चुनाव लड्न पाइँदैन कि भनेर मत नहालेको उनको सचिवालयले जनाएको छ । तर काँग्रेस निर्वाचन समितिले मतदान गर्दा केन्द्रमा उम्मेदवार बन्न नरोक्न बतायो थियो । काँग्रेसको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार प्रदेशमा चुनाव लडेकाले मात्र केन्द्रीय कार्यसमितिका लागि उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

प्रकाशित : २०७८ मंसिर २० गते १३:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI