रुखमा बाँधेर नग्न बनाई २५ वर्षीय युवकको टाउको छिनालेर हत्या

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष ४ गते ११:२५
रुखमा बाँधेर नग्न बनाई २५ वर्षीय युवकको टाउको छिनालेर हत्या

काठमाडौं । कैलाली टिकापुरका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउँदै अर्को विभित्स हत्या भएको छ । कैलालीको जानकी गाउँपालिका-९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर टाउको छिनालेर विभत्स हत्या भएको हो ।

प्रहरीका अनुसार सोही वडाको अमरावती सामुदायिक वनमा नग्न बनाई टाउको अलग पारिएको अवस्थामा दासको शव हिजो फेला परेको थियो ।

प्रहरीका अनुसार दास साथीसँग जाने भन्दै घरबाट निस्किएका थिए । दास भारत आउजाउ गर्ने गरेको खुलेको छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली सक्रिय छ ।

प्रकाशित : २०७८ पुष ४ गते ११:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI