प्रगतिनगर खानेपानी निर्वाचनका लागि २८ जनाको उम्मेदवारी दर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष १६ गते १२:४८
प्रगतिनगर खानेपानी निर्वाचनका लागि २८ जनाको उम्मेदवारी दर्ता

माधव सुवेदी/देवचुली-आगामी पौष १९ गते सोमबार हुन गइरहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनका लागि नेकपा एमाले र गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमाले र गठबन्धनका सबै उम्मेदवारहरुले बिहिबार दिउँसो १ बजे देखि संस्थाको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । संस्थाको अध्यक्ष पदका लागि दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेकपा एमालेको तर्फबाट निवर्तमान अध्यक्ष खिमानन्द भुसाल र गठबन्धनको तर्फबाट नारायण पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरि संस्थाको सचिव पदका लागि नेकपा एमालेको तर्फबाट सुर्य प्रसाद दवाडी र गठबन्धनको तर्फबाट ईन्द्रमणी भुसालले उम्मेदवारी दर्ता गराएका छन् । लेखा संयोजकमा नेकपा एमालेको तर्फबाट रत्ना भुसाल र गठबन्धनको तर्फबाट लिलाधर अधिकारी, लेखा सदस्य (महिला) मा नेकपा एमाले तर्फबाट गीता रिजाल न्यौपाने र गठबन्धन तर्फबाट सरस्वती चापागाईँ, लेखा सदस्यमा नेकपा एमालेको तर्फबाट शिवलाल पराजुली र गठबन्धनको तर्फबाट शंकरबहादुर नेपालीको उम्मेदवारी परेको छ ।

त्यस्तै सदस्य पदका लागि ब्लक नं १ मा नेकपा एमालेको तर्फबाट सीता देवि पाण्डे र गठबन्धनको तर्फबाट लक्ष्मी तिवारी, ब्लक नं २ मा नेकपा एमालेको तर्फबाट टोप प्रसाद न्यौपाने र गठबन्धनको तर्फबाट रमा भट्ट दवाडी, ब्लक नं ३ मा नेकपा एमालेको तर्फबाट चन्द्रकान्त भुसाल र गठबन्धनको तर्फबाट नन्दुलाल धिताल, ब्लक नं ४ मा नेकपा एमालेको तर्फबाट दीना पराजुली र गठबन्धनको तर्फबाट दुर्गाकुमारी रेग्मी, ब्लक नं ५ मा नेकपा एमालेको तर्फबाट मुना भण्डारी र गठबन्धनको तर्फबाट सागर भण्डारी, ब्लक नं ६ मा नेकपा एमालेको तर्फबाट लिला बल्लभ भुसाल र गठबन्धनको तर्फबाट ओम प्रसाद सारु, ब्लक नं ७ मा नेकपा एमालेको तर्फबाट दुर्गा देवि विष्ट र गठबन्धनको तर्फबाट कृष्णा ढकाल, ब्लक नं ८ मा नेकपा एमालेको तर्फबाट कृष्ण कुमार श्रेष्ठ र गठबन्धनको तर्फबाट रामबहादुर गुरुङ र ब्लक नं ९ मा नेकपा एमालेको तर्फबाट जसवीर पुलामी र गठबन्धनको तर्फबाट जसबहादुर लुङ्गेलीको उम्मेदवारी दर्ता भएको छ ।

प्रकाशित : २०७८ पुष १६ गते १२:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI