एकैदिन १४४६ जना नयाँ सङ्क्रमित थपिए

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २६ गते १७:४०
एकैदिन १४४६ जना नयाँ सङ्क्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा १४४६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ८ हजार ९६५ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार ३५७ जनामा र २ हजार ४६४ जनामा एन्टीजेन परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २५५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०६ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ७ हजार ८५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ लाख १० हजार ५९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित : २०७८ पुष २६ गते १७:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI