माघे संक्रान्तिमा त्रिवेणीधाममा घुइचोे

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १ गते १३:२७
माघे संक्रान्तिमा त्रिवेणीधाममा घुइचोे

नारायण शर्मा/पूर्वी नवलपरासी
माघे संक्रान्तिका दिन शनिवार त्रिवेणीधाममा तिर्थालुको घुइचो लागेको छ । कोरोना संक्रमणको प्रबाह नगरि बिहानैदेखि नेपाल भारतका हजारौ तिर्थालु त्रिवेणीमा स्नान गर्न आएका हुन ।

स्थानिय संदिप निगमका अनुसार बिहानैदेखि तिर्थालुहरु नारायणीनदीमा स्नान गरेर गजेन्द्रमोक्ष दिब्यधाम मन्दिर परिसर, शिवघाट र यहाका मठमन्दिरमा पुजाआजामा ब्यस्त देखिएका छन । यस अघि तिन दिन अघि वाट माघे संक्रान्तिमेला लाग्ने गरेकोमा यस पटक संक्रान्तिकैदिन शनिवार भक्तजनहरु आएका हुन ।

त्रिवेणीधामदेखि २ किलोमिटर उत्तरमा रहेको गजग्राह स्थित गजेन्द्र मोक्ष दिब्यधाममा रहेको भब्य मन्दिरको दर्शन र पुजाआजा गर्न श्रद्धालुको बिहानैदेखि ओइरो लागेको स्वामी कृष्णप्रपन्नचार्यले टेलिफोनमा जानकारी दिए ।धार्मिक पर्यटकहरुकालागि अबलोकन गर्न त्यहा शिशमहल(शिशैसिसाको महल) पनि रहेको छ ।

स्वर्णभद्रा,पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाममा स्नान गरेर दान गर्नाले पुन्य मिल्ने जनबिश्वास रहिआएको छ । त्रिवेणीधाममा पौराणिककालका सैयौ मठमन्दिर रहेको छ । नारायणीमा स्नान गरेर नारायणी नदी पारीको चितवन निकुन्ज भित्र रहेको बाल्मीकी आश्रममा दर्शन गर्न जानेहरुको ताती देखिन्छ ।

माघे संक्रान्ति भन्दा तिनदिन अघिवाट यहा मेला शुरु हुनेभएपनि यहा यस पटक संक्रान्तिकै दिन सर्बसाधारण ओइरिएका हुन । भारतिय तिर्थालुहरु पनि उत्तिकै आएको स्थानिय प्रेमचन्द्र रौनीयारले जानकारी दिए ।

तस्बिर सौजन्य : सन्दिप निगम

प्रकाशित : २०७८ माघ १ गते १३:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI