निकुञ्ज मुख्यालय नजिकै ध्रुवे हात्तीको आक्रमणबाट सेनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २ गते १२:१४
निकुञ्ज मुख्यालय नजिकै ध्रुवे हात्तीको आक्रमणबाट सेनाको मृत्यु

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै ध्रुवे हात्तीले आक्रमण गर्दा एक सैनिकको मृत्यु भएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जको ध्रुवे पोस्ट नजिकै शनिबार साँझ ६ बजेको समयमा  गस्तीमा हिडिरहेको बेला ध्रुवे हात्तीले ढाडमा कुल्चिदा गम्भीर घाइते भएका सैनिकको निधन भएको हो ।

हात्तीले ढाडमा कुल्चिएर गम्भीर घाईते भएका सैनिकको उपचारको लागि भरतपुर तर्फ ल्याउदै गर्दा बाटोमा ज्यान गएको तिवारीले बताए । मृतक नेपाली सेना रहेकाले नाम बताउन नमिल्ने तिवारीले बताए ।

प्रकाशित : २०७८ माघ २ गते १२:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI