ढिस्कोले पुरिएर दुईको मृत्यु, तीन घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ६ गते ८:०८
ढिस्कोले पुरिएर दुईको मृत्यु, तीन घाइते

बुटवल । जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर रुपन्देहीको बुटवलमा दुई जनाको ज्यान गएको छ । बुटवलको देवीनगरस्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका  छन् । त्यस्तै, घटनामा परी तीन जना घाइते भएका छन् । ढिस्को खसेर पाँचजना पुरिएकोमा दुईजनाको अस्पताल पुर्याएपछि मृत्यु भएको हो ।

उनीहरु तिनाउ नदी किनारमा आगो तापेर बसिरहेका थिए । घटनामा परी घाइते हुनेहरुमा केशव पुरी, अशोक गाहा र अन्य एक जना रहेको प्रहरीले जनाएको छ ।

ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए ।

स्थानीय देबीनगरको प्रगतिनगर टोलका पाँच जना तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।

प्रकाशित : २०७८ माघ ६ गते ८:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI