मधेश प्रदेशले जारी गरेको राजपत्रमा बुच्चे नक्सा

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ९ गते १०:२१
मधेश प्रदेशले जारी गरेको राजपत्रमा बुच्चे नक्सा
काठमाडौं । ‘मधेस प्रदेश’ले जारी गरेको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब भएको छ । प्रदेश नामाकरण गरि ‘मधेश प्रदेश’ बनेको बिषयमा जारी राजपत्रमा नै ‘बुच्चे नक्सा’ समेटिएको हो ।

यसअघि व्यवस्थापिका सांसदबाटै लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटिएको चुच्चे नक्सा सरकारी नक्साका रुपमा पास गरेको थियो । उक्त नक्सा संसदबाट पास भएको करिब २ वर्ष नै वित्न लाग्यो । तर मधेस प्रदेशले प्रदेश नामाकरण भयो भन्दै सार्वजनिक गरेको प्रकाशित राजपत्रमा भने पुरानै नेपालको नक्सा राखिएको छ ।

यसअघि व्यवस्थापिका सांसदको लोगोमा पनि नेपालको पुरानै बुच्चे नक्सा राखिएको थियो । तर व्यापक आलोचनापपछि आधिकारिक चुच्चे नक्सा नै राखिएको थियो ।

मधेश प्रदेसले ‘बुच्चे नक्सा’ राखेपछि यतिवेला आम रुपमा चासोको विषय बनेको छ भने मधेश प्रदेशमाथि विभिन्न टिका-टिप्पपणीसमेत भइरहेको छ ।

केहीदिन अघि प्रदेश र राजधानी नामाकरण गरिएको थियो । प्रदेशको नाम मधेश र राजधानी जनकपुरका लागि प्रदेश दुईतिहाई सांसदहरुको मत परेको थियो ।

 

प्रकाशित : २०७८ माघ ९ गते १०:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI