नवलपुरमा प्रतिबन्धित बंदेलको ४ सय किलो मासु सहित ६ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १५ गते १०:१६
नवलपुरमा प्रतिबन्धित बंदेलको ४ सय किलो मासु सहित ६ जना पक्राउ

नवलपुर । नवलपुरमा बदेलको मासु सहित ६ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १६ चालिस किलो जंगलको पूर्व–पश्विम राजमार्गमा प्रहरीले चेकिङ्गको क्रममा बदेलको मासु सहित २ वटा पिकअफ जिप र ६ जनालाई नियन्त्रणमा लिएको हो । पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेका ना ३ च ७१८८ र लु २ च ६८९८ नम्बरको पिकअप जिपलाई रोकी चेकजाँच तथा खानतलासी गर्ने क्रममा ना ३ च ७१८८ नम्बरको पिकअप जिपमा ४ वटा मृत बदेल र टाउको २ वटा र लु २ च ६८९८ नम्बरको पिकअप जिपमा ३ वटा मृत बदेल र २ वटा टाउको समेत बरामद गरेको हो ।

एउटामा २ सय ३ केजी मासु र अर्कोमा २ सय केजी बदेलको मासु बरामद भएको प्रहरीले जनाएको छ । नेपालमा जंगली जनवार बदेल मार्न र खान प्रतिबन्ध लगाइएको छ । पक्राउ पर्नेमा ना ३ च ७१८८ नम्बरको चालक पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ बस्ने वर्ष ३८ को हेम नारायण मुखिया थारु, सोही पिकअपमा सवार प्रतापपुर ९ कै ४५ बर्षीय प्रभु डुम, ३२ बर्षीय बब्लु डुम, लु २ च ६८९८ नम्बरको चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बस्ने वर्ष २७ को सुमित काउचर, सोही पिकअपमा सवार प्रतापपुर गाउँपालिका –७ बस्ने वर्ष १८ को अनिल केवट र वर्ष २१ को मुकेश राजभर रहेका छन् ।

बरामद पिकअफ, बदेल र पक्राउ परेको ६ जनालाई आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय नवलपुर कावासोतीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित : २०७८ माघ १५ गते १०:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI