आहारा राखेर बाघलाई पर्खिदै सरकारी अधिकारी

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १५ गते १८:१३
आहारा राखेर बाघलाई पर्खिदै सरकारी अधिकारी

सन्जय भट्टराई, कावासोती । विगत २ महिना अगाडी देखि नवलपुरको विनयी त्रिवेणी र मध्यविन्दु नगरपालिका आसपास हिंसात्मक गतिविधि गरेको नरभक्षी बाघ नियन्त्रणमा आउन नसेके पछि नियन्त्रणमा लिनका लागी आहारा राखेर पासो थापिएको छ ।

बाघको खोजीमा निस्किएको टोलिले शनिबार देखि  जिउदै  पाडो राखेर बाघको पर्खाईमा बसेको डिभिजन वन नवलपुरका प्रमुख मोहन राज काफ्लेले बताए । “बिहिबार सिनो राखिएको स्थानमा जिउदो पाडो राखेर बाघलाई कुरेका छौ”, डिभिजन प्रमुख काफ्लेले भने । यस अघि विनयी त्रिवेणीको विनयी सामुदायिक वनमा गोरुलाई खाएको स्थानमा मरेको जनावरको सिनो राखिएको थियो । बिहिबार राती आएर सोही स्थानमा सिनो खाएको पुष्टि भए पछि बाघ खोज्ने टोलिले शनिबार देखि जिउँदै  पाडो राखेको हो ।

गत बिहिबार बाघको खोजीमा निस्किएको टोलि सिनो राखेको स्थानमा रातको करिब ७ बजे सम्म बस्दा बाघ नआए पछि हिडेको र त्यसपछी मात्रै बाघ आएर सिनो खाएको पुष्टि भए पछि बाघलाई जालमा पार्न जीउँदै भैंसीको पाडो राखिएको काफ्लेले बताए ।

नरभक्षी बाघ खोज्न सबै प्रयास गरेको र छिट्टै बाघ नियन्त्रणमा आउने बाघको खोजीमा निस्किएको टोली प्रमुख घढियाल प्रजनन तथा वन्यजन्तु उद्धार शाखाका प्रमुख सरोजमणी पौडेल बताउछ्न । विगत १८ दिन देखि डिभिजन वन, स्थानीय तह र निकुञ्जले संयुक्त प्रयासमा नरभक्षी बाघ खोजी गरे पनि फेला पार्न सकेको छैन ।

नरभक्षी बाघ नियन्त्रणमा न आउँदा खोजीमा निस्किएको टोलिलाई पनि चिन्तामा पारेको छ । “दुई जना मान्छे मारेको र १ जनालाई घाइते पारेको बाघले थप मानवीय दुर्घटना नघटाओस भनेर हामी लागेका छौ, हामीबाट सकिने सबै प्रयास जारी छ, बाघले थप घटना न घटाओस भनेर लागेको लागै छौं, ठुलो वन क्षेत्र छ गार्हो त हुन्छ्न नि,” टोलि प्रमुख पौडेलले  भने ।

यो क्षेत्रमा बाघ एक भन्दा धेरै भएको ले पनि पाईलाको आधारमा मात्रै नरभक्षी पुष्टि गर्न गार्हो हुने बाघको खोजीमा निस्किएको टोलीको भनाई छ । “बाघ एक भन्दा धेरै भएको आधार छ नरभक्षी हो या होईन पुष्टि हुन सकेको छैन,” निकुञ्ज स्रोतले बतायो ।

गत पुस २८ गते देखि नरभक्षी बाघको खोजीमा चितवन राष्ट्रिय निकुञ्जका ३ हात्ती सहित १० जनाको टोलि नरभक्षी बाघको खोजी निस्किए पनि बाघ फेला नपर्दा स्थानीयमा त्रास भने कायमनै रहेको छ ।

प्रकाशित : २०७८ माघ १५ गते १८:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI