माघे औशीमा त्रिवेणी धाममा घुईचो

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १८ गते ९:५४
माघे औशीमा त्रिवेणी धाममा घुईचो

नारायण शर्मा/(त्रिवेणीधाम) पूर्वी नवलपरासी
माघें औंशीका अबसरमा नेपाल भारतका हजारौ भक्तजन त्रिवेणीधामा आइपुगेका छन । माघे औशीको अघिल्लो दिन सोमवारवाटै यहा मेला लागेको छ ।

भारतको बिहार , उत्तरप्रदेश र नेपालका बिभिन्न स्थानवाट भक्तजनहरु यहा स्नान गर्न र पुजापाठ गर्न आएका हुन । कोरोना महामारीको बेवास्तागर्दै भक्तजनहरु त्रिवेणीधाममा दर्जनौ मठमन्दिरमा रातभर भजनकिर्तन गरेर रात कटाएका छन ।
यहाका मठमन्दिरमा मंगलवार बिहानैदेखि पुजापाठ र भजन किर्तन गर्नेको घुइचो लागेको छ । प्रशासनले मेला लाग्न नदिन उर्दी जारी गरेपनि भक्तजनहरु यहा ओइरिएका छन ।

त्रिवेणीधाम स्थित गजेन्द्रमोक्ष दिब्यधाममा स्वामी कृष्ण प्रपन्नाचार्य का अनुसार आज माघे औशीमा त्रिवेणीधाममा स्नान गर्न देबताहरु समेत आउने जन बिश्वास रहेकाले यो औशीमा यहा स्नान गर्नाले पुन्यमिल्ने परापुर्वकालदेखिको बिश्वास रहेको छ । त्रिवेणीधाम बजारवाट २ किलोमिटर उत्तरमा रहेको गजेन्द्र मोक्षदिब्यधाममा दर्शनार्थीको घुइचो लागेको छ । यो यहाको सबै भन्दा ठुलो र भब्य मन्दिर हो ।

स्वर्णभद्रा, पुर्णभद्रा र नारायणीनदीको संगमस्थल त्रिवेणीधाम भएकाले र महिनाहरुमा माघ श्रेष्ठ महिनाभएका कारण औशीका अबसरमा बाबुआमा नहुनेले यहा श्राद्ध गर्ने र दान दिने चलन रहेको छ ।

गजेन्द्रमोक्षधामका स्वामी कृष्णप्रपन्नाचार्यका अनुसार त्रिवेणीधाम बाल्मीकी ऋषिको तपोभूमी, लबकूशको जन्मस्थल, सितामाता धर्तीमा पाताल प्रबेश गरेको स्थल भएकाले यो स्थान प्राग ऐतिहासिक स्थल हो । रामायणको रचना गरेको स्थल पनि त्रिवेणीधाम हो । यसैले त्रिवेणीधामको ठुलो महत्व छ ।

भगवान मुक्तीनाथको चरणपादुका स्थल पनि भएकाले यस्को ठुलो धार्मीक महत्व रहेको छ । हात्ति र गोहिको लडाइमा भगवान नारायणले अबतार लिएको स्थान गजेन्द्रमोक्ष धाम हो । नारायणी नदिमा बिहानैदेखि यहा भक्तजनहरुको घुइचो लागको छ । त्रिवेणीका भित्रि सडकहरुमा मेला लागेको छ ।

औशीमा नारायणी नदिमा स्नान गरेर गौदान, तिलदान ,गुणदान गर्नाले पुन्य मिल्ने बिश्वासमा यहा भक्तजनहरु आउने गर्छन ।

 

प्रकाशित : २०७८ माघ १८ गते ९:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI