देवचुलीको १३ नं वडा कार्यालयमा चोरी

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १९ गते १३:३४
देवचुलीको १३ नं वडा कार्यालयमा चोरी

देवचुली ।देवचुली नगरपालिका वडा नं १३ को वडा कार्यालयमा चोरी भएको छ । मंगलबार राती वडा कार्यालयको ताला फुटाएर १ थान फोटोकपी मेसिन, वडाका अपाङ्गता व्यक्तिलाई बाढन राखिएको न्यानो कपडा ४ सेट र वडा कार्यालय सँगै रहेको स्वास्थ्य चौकीबाट ४ वटा पानी खाने गिलास चोरी भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान देवचुली १३ का वडाध्यक्ष क्याप्टेन डिलबहादुर खत्री वडा कार्यालय पुग्दा वडा र स्वास्थ्य चौकीको ढोकाको ताल्चा फोरिएको अवस्थामा देखेपछि प्रहरी र स्थानीयलाई खबर गरेका थिए ।

घटनाको विषयमा अनुसन्धान भईरहेकोरजहर ईलाका प्रहरी कार्यालयका प्रमुख भिमसेन घिमिरेले जानकारी दिएका छन ।

प्रकाशित : २०७८ माघ १९ गते १३:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI