स्वास्थ्य बीमा दर्ता सहयोगीले पाएनन् वैशाख देखिको पारिश्रमिक

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २० गते ९:२५
स्वास्थ्य बीमा दर्ता सहयोगीले पाएनन् वैशाख देखिको पारिश्रमिक

नवलपुर । नवलपुरमा स्वास्थ्य बीमा दर्ता सहयोगीले वैशाख देखिको पारिश्रमिक पाएका छैनन । जिल्लाका ९२ वडामा स्वास्थ्य बिमा गर्न भनेर खटिएका दर्ता सहयोगीले स्वास्थ्य बिमा सुरु भए पछि २०७७ फागुन र चैतको पारिश्रमिक २०७८ कार्तिकमा मात्रै पाए पनि गत वैशाख देखि यताको पारिश्रमिक नपाएका हुन ।

स्वास्थ्य बीमा दर्ता सहयोगीले स्वास्थ्य बीमा बोर्डको केन्द्रिय कार्यालयबाट उनीहरुले बुझाएको योगदान रकमको जम्मा १०% कमिसन पाउने प्रावधान भए पनि काम गरेको पारिश्रमिक समयमा नपाउदा समस्या परेको बीमा दर्ता सहयोगीहरु बताउछ्न ।

स्वास्थ्य बिमा बोर्ड नवलपुर शाखाका प्रमुख रहेका जयसोर भुसालले जिल्लाका बिमा दर्ता सहयोगीले केन्द्रले नपठाएको कारणले पारिश्रमिक नपाएको कुरा बताउछ्न । “हामीले त समयमै सबै कागजात केन्द्रमा पठाएर माग गरेकै हो, केन्द्रको ढिला सुस्तीले उहाँहरुले समयमै पारिश्रमिक पाउन सक्नु भएको छैन”, भुसालले भने ।

यस विषयमा कुरा गर्दा स्वास्थ्य बिमा बोर्ड का कार्यकारी निर्देशक डा. दामोदर बसौलाले लेखा अधिकृत सरुवा भएर गएको र नयाँ लेखा अधिकृत नआएका कारणले समयमा पारिश्रमिक भुक्तानी दिन नसकेको बताए । “नयाँ लेखा अधिकृतका लागि पटक पटक ताकेता गरेको भए पनि महालेखाको कार्यालयले नपठाउदा बिमा दर्ता सहयोगी मात्रै होईन अन्य आर्थिक कामहरु पनि रोकिएका छ्न,” बसौलाले भने । नयाँ लेखा अधिकृतका लागि लिखित मौखिक ताकेता गरिएको र लेखा अधिकृत आउन साथ दर्ता सहयोगीको बैङक खातामा पारिश्रमिक पठाउने तयारीमा आफुहरु रहेको बसौलाले बताए ।

यसै बिच दर्ता सहयोगीले स्वास्थ्य बिमा बोर्डले दिएको सामाग्रीहरु पनि कम गुणस्तरीय भएको गुनासो गरेका छ्न । स्वास्थ्य बीमा बोर्डले नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउँदा फोटो खिच्न अनिवार्य गरेकाले सो प्रयोजनको लागि बोर्डले तयार पारेको ईनरोलमेन्ट एप्स आवश्यक पर्छ। यसरी ईनरोलमेन्ट एप्स बाट फोटो खिच्नको लागि दिइएको मोबाइल गुणस्तरहीन भएकाले ९२ मध्ये अधिकांशको मोबाईल समेत छोटो समयमै बिग्रेपछि स्वास्थ्य बीमा दर्ता सहयोगी थप समस्यामा परेका छन्।

यसबारे स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयबाट प्रदेश कार्यालय र केन्द्रिय कार्यालयमा जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको पाइएको दर्ता सहयोगीले गुनासो गरेका छ्न । त्यसैगरी रसिद , फाराम, कार्बन लगाएतका सामाग्री पनि कम गुणस्तरका दिईएकाले काम गर्न गार्हो परेको बिमा दर्ता सहयोगी बताउछ्न ।

प्रकाशित : २०७८ माघ २० गते ९:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI