बाघ गणनाका लागि जडान गरिएका क्यामेरा गायब !

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २१ गते १४:२५
बाघ गणनाका लागि जडान गरिएका क्यामेरा गायब !

नवलपुर । बाघ गणनाका लागि वनमा राखिएको क्यामेरा हराउन थालेको छ। जिल्लाको पौराइ बन क्षेत्रमा जडान भएको क्यामेरा हराएको हो । रौतहटको वनमा बाघको संख्या बढदै गएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष र  निकुञ्ज तथा डिभिजन वन कार्यालयले वनमा बाघ गणनाका लागि माघ ४ गतेदेखि क्यामेरा जडान गरेको थियो ।

पौराइ बन क्षेत्रमा जडान भएको दुईवटा क्यामेरा चोरी भएको हो । पौराइ वन क्षेत्रमा लगाएको २ वटा क्यामेरा हराएको वन्यजन्तु प्रविधिक टिकाराम थारुले जानकारी दिए ।  बाघको सम्भावित बासस्थान र पानी खान आउजाउ गर्ने स्थानमा एक सय २२ वटा क्यामेरा जडान गरिएकोमा दुईवटा हराएको हो । अन्यस्थानको क्यामेराको अवलोकन गर्ने र हराएको क्यामेराको खोजी भइरहेको बन्यजन्तु प्राविधिक थारुको भनाइ छ ।

गत वर्ष भएको बाघ गणनामा जिल्लाको वन क्षेत्रमा ४ वटा बाघ फेला परेको थियो । एक वर्षयता बाघ आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। यहि माघ ४ गते देखि सुरु भइ १५ दिनसम्म रौतहटको बनमा क्यामेरा जडान रहने डिभिजन बन कार्यालयले जनाएको छ । बाघ गणनाका लागि ठाउँठाउँमा क्यामराहरु जडान भएको हुँदा सो क्यामेरा नछुन बन कार्यालयले सूचना जारी समेत गरेको थियो ।

गत वर्ष पनि रौतहटको बनमा क्यामेरा जडान गरी बाघको गणना गरिएको थियो । रौतहटमा ४ वटा बयस्क बाघ भेटिएका थिए। रौतहटमा धन्सर खोला पूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर,पौराइ, रंगपुर लगायतका वन क्षेत्रमा क्यामेरा जडान गरिएको छ ।

प्रकाशित : २०७८ माघ २१ गते १४:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI