गायिका लता मंगेशकरकाे ९४ वर्षकाे उमेरमा निधन

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २३ गते ११:३०
गायिका लता मंगेशकरकाे ९४ वर्षकाे उमेरमा निधन
काठमाडौं । भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरको ९४ वर्षको उमेरमा निधन भएको छ । केही समयअघिबाट स्वास्थ्य समस्यमा रहेकी गायिका मंगेशकरको आइतबार बिहान निधन भएको हो । उनको उपचारकै क्रममा भारतको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो ।

भारतीय गायिका भए पनि उनले नेपाली भाषामा गाएका गीतहरु पनि चर्चित छन् । १९२८ मा २८ सेप्टेम्बरमा जन्मिएकी मंगेशकरले नेपाली भाषामा समेत दर्जनाैँ गीतहरू रेकर्ड गरेकी थिइन्, जुन नेपालीमाझ लोक्रप्रिय छन् ।

उनले पछिल्लोपटक ‘फुल भन्छ फुली रहूँ…’ भन्ने बोलको गीत गायक रामकृष्ण ढकालसँग युगल रूपमा रेकर्ड गरेकी थिइन् । जो नेपालीमा सर्वाधिक मन पराइएको छ ।

प्रकाशित : २०७८ माघ २३ गते ११:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI