फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन ७ गते २१:१२
फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य
 । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४५ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ तोकिएको छ ।

एलपी ग्यासको मूल्य यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।यसअघि निगमले माघ १८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

प्रकाशित : २०७८ फागुन ७ गते २१:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI