फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य, अब १ लिटर पेट्रोललाई १५० रुपैयाँ

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १९ गते २१:३३
फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य, अब १ लिटर पेट्रोललाई १५० रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

यसअघि मूल्य बढाएको दुई हप्ता नबित्दै  निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५० रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३३ रुपैयाँ तोकिएको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ६६५ रुपैयाँ घाटा हुँदा पनि मूल्य नबढाइएको निगमले जनाएको छ ।

साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।

यसअघि निगमले फागुन ७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

यसैगरी निगमले स्थायी कर्मचारीलाई दिँदै आएकाे पाेसाक संरक्षण भत्ता पनि स्थगित गरेकाे छ ।

निगमले मार्चमा इन्डियन आयल कर्पाेरेसनलाई भुक्तानी गर्न अपुग हुने साढे चार अर्ब मूल्य स्थिरीकरण काेषबाट उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रकाशित : २०७८ फागुन १९ गते २१:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI