कांग्रेस प्रवेशको लहर बढदो : कावासोती-११ मा ३० जना नेपाली कांग्रेसमा प्रवेश

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १८ गते १२:४४
कांग्रेस प्रवेशको लहर बढदो : कावासोती-११ मा ३० जना नेपाली कांग्रेसमा प्रवेश

कावासोती । विभिन्न पार्टी परित्याग गरि कावासोती नगरपालिका वडा नं ११ मा ३० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न ।

आईतबार नेपाली कांग्रेस कावासोती-११ ले आयोजना गरेको कार्यकर्ता भेलामा नव प्रवेशीहरुलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं कावासोती-११का वडा अध्यक्षका उम्मेदवार शारदाप्रसाद अधिकारीले पार्टीमा स्वागत गरेका हुन ।

कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार अधिकारीले यस पटक पनि कावासोती-११ मा प्यानल सहित नेपाली कांग्रेस विजयी हुने दाबी गर्दै सिङ्गो कावासोती नगरपालिकामा कांग्रेसले जित हासिल गर्ने बताएका छ्न ।

यसै भेलाले रामप्रसाद रिजालको संयोजकत्वमा चुनाव प्रचारप्रसार मुलसमिती गठन गरेको छ भने सागर गुरुङको अध्यक्षतामा तरुणदलको वडा कार्यसमिति समेत गठन गरेको छ । गुरुङ अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्ष नकुल चन्द ठकुरी , सचिबमा कुशल श्रेष्ठ चयन भएका छ्न ।

प्रकाशित : २०७९ वैशाख १८ गते १२:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI