देवचुली-१ मा एमालेको प्यानल विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १ गते ७:२१
देवचुली-१ मा एमालेको प्यानल विजयी

नवलपुर । स्थानिय तहको निर्वाचनमा देवचुली नगरपालिकाको वडागत नतिजा आउन सुरु गरेको छ। वडा नं १ मा नेकपा एमाले प्यानल सहित बिजयी भएको छ। वडामा एमालेका वडाध्यक्ष पदका उम्मेदवार कृष्णबहादुर केसीले आफ्ना प्रतिद्वन्द्वी स्वतन्त्र (काङ्ग्रेसका वागी) उम्मेदवार अनिल बस्ताकोटीलाई ३ सय १ मतले पराजित गरेका हुन । केसीले ८ सय मत प्राप्त गर्दा वस्ताकोटीले ४ सय ९९ मत प्राप्त गरे । यसैगरी महिला सदस्यमा नेकपा एमालेका संगिता घर्ती रेगामी मगरले काङ्ग्रेसका सबिना माझीलाई हराईन।

मगरले ८ सय ९२ मत प्राप्त गरिन भने माझीले ५ सय २ मत प्राप्त गरिन । दलित महिला सदस्यमा उर्मिला बिकले ९ सय २२ मत ल्याएर ४ सय ८३ मत ल्याएकी काङ्ग्रेसकि बेलिमाया नेपालीलाई जितिन् ।

सदस्य पदमा भने अजय थनेतले दलबहादुर चौधरीलाई र बिजय माझीले रोशन पौडेललाई हराए। थनेतले ८ सय ७९ मत प्राप्त गर्दा चौधरीले ४ सय ७९ मत ल्याए भने माझीले ८ सय १५ ल्याउँदा पौडेलले ५ सय ८१ मत पाए ।

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कृष्णबहादुर केसी एमाले देवचुली नगरपालिकाका अध्यक्ष समेत हुन् ।

प्रकाशित : २०७९ जेठ १ गते ७:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI