देवचुली कांग्रेसका सभापति कडरियाद्वारा राजीनामा

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ४ गते ११:१३
देवचुली कांग्रेसका सभापति कडरियाद्वारा राजीनामा

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका नेपाली काँग्रेसका पार्टी सभापति डिल्लीराम कडरियाले नगरसभापति पदबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा देवचुली नगरपालिकामा नेपाली काँग्रेसले अनेपक्षित हार बेहोरेकाले आँफूले नैतिकताको आधारमा राजीनामा दिएको सभापति कडरियाले जानकारी दिएका छन् ।

कडरियाले राजीनामा पत्र नेपाली काँग्रेसका जिल्ला उपसभापति बालकृष्ण घिमिरेलाई बुझाएका हुन् । देवचुली नगरपालिकामा नेपाली काँग्रेसको नेतृत्व स्थापित गर्न अहोरात्र खटिए पनि निर्वाचनको मत परिणाम आँफूहरुले सोचेभन्दा फरक आएकोमा कडरियाले दुःख व्यक्त गर्दै देवचुली नगरपालिकाका काँग्रेसजन प्रति क्षमायाचना गरेका छन् ।

कडरियाले राजनीतिमा नैतिकताको प्रश्न प्रमुख हुने भएकाले सोही परिधिभित्र रहेर स्वईच्छाले राजीनामा दिएको बताएका छन् ।

प्रकाशित : २०७९ जेठ ४ गते ११:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI