भरतपुरमा ९७०११ मत गणना हुँदा रेनुको फराकिलो अग्रता

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ८ गते १७:२२
भरतपुरमा ९७०११ मत गणना हुँदा रेनुको फराकिलो अग्रता

भरतपुर – भरतपुर महानगरपालिकामा ९७ हजार ११ मत गणना भएको छ ।

आइतवार ४ : ५० बजेको अपडेट अनुसार मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३८ हजार २५४ मतसहित अग्रता लिइरहेकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २९ हजार ८५५ मत पाए ।

यस्तै अर्का उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ५१४ मत पाएका छन् ।

यता उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ४२८ मत ल्याएकी छन् ।

उनका प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले २३ हजार ६१७ मत ल्याएकी छन् ।

प्रकाशित : २०७९ जेठ ८ गते १७:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI