आज बजेट भाषण हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १५ गते ७:४९
आज बजेट भाषण हुँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज (आइतबार) प्रस्तुत गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् ।

उच्च आयात र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड दिने गरी नयाँ बजेट ल्याउने सरकारको तयारी छ ।

नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपियाँको सीमा निर्धारण गरेको छ । सरकारले तोकिएको सीमाभित्रै रहने गरी बजेट ल्याउने जनाएको छ ।

प्रकाशित : २०७९ जेठ १५ गते ७:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI