जन्मदिनको अवसरमा वडाध्यक्षद्वारा सिकाई केन्द्रलाई सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १५ गते २२:०८
जन्मदिनको अवसरमा वडाध्यक्षद्वारा सिकाई केन्द्रलाई सहयोग

नारायण प्रभु
नवनिर्वाचित कावासोती २ का वडाध्यक्ष शिव प्रसाद पाण्डेले आज परेको आफ्नो जन्मदिनको उपलक्ष्यमा शिव सामुदायिक सिकाइ केन्द्रलाई सहयोग गरेका छन।
सिकाइ केन्द्रमा आज भएको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा सिकाई केन्द्रका बिद्यार्थीहरुको नतिजा प्रकाशन कार्यक्रममा वडाध्यक्ष पाण्डेले आफुले प्राप्त गर्ने पहिलो महिनाको सेवासुबिधा बापतको तलब भत्ता सिकाई केन्द्र सन्चालनका लागि सहयोग गर्ने घोषणा गरेका हुन।
कावासोती नगरपालिकाका मेयर बिष्णु भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु लाई सम्मान तथा सिकाइ केन्द्रका बिद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको हो।

प्रकाशित : २०७९ जेठ १५ गते २२:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI