बाघको आक्रमणमा परी चितवनमा एक जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १६ गते १७:५३
बाघको आक्रमणमा परी चितवनमा एक जनाको मृत्यु

चितवन — बाघले आक्रमण गर्दा सोमबार चितवन राप्ती नगरपालिका-१ की सोतिमाया तमाङको निधन भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार ५५ वर्षीय तमाङलाई घाँस काट्न गएका बेलामा बाघले आक्रमण गरेको थियो ।

घटनास्थलमै निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले कान्तिपुरलाई जाननकारी दिए ।

यो वर्ष चितवन निकुञ्ज र यस आसपासको मध्यवर्ती वन क्षेत्रमा बाघको आक्रमणमा परेर स्थानीयको ज्यानै जाने घटना बढेको छ ।चितवन निकुञ्ज र यस आसपासको मध्यवर्ती वन क्षेत्रमा यो घटनाअघि पनि बाघले आक्रमण गर्दा गत वर्षको असार ७ गते यता मात्रै पनि १३ जनाको निधन भएको छ ।

७६ सालमा बाघले आक्रमण गर्दा निधन हुनेको संख्या शून्य र ७७ सालमा चार जनाको बाघको आक्रमणबाट चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

प्रकाशित : २०७९ जेठ १६ गते १७:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI