स्व.वडा अध्यक्ष कानुको सालिक अनावरण गर्दै पाण्डेले भनिन : “चित्र र विकास निर्माण पर्यावाची थिए”

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २४ गते १२:०७
स्व.वडा अध्यक्ष कानुको सालिक अनावरण गर्दै पाण्डेले भनिन : “चित्र र विकास निर्माण पर्यावाची थिए”

हुप्सेकोट-हुप्सेकोट गाउँपालिका वडा नम्बर ०१ का प्रथम वडा अध्यक्ष स्व.चित्र बहादुर कानु मगरको सालिक अनावरण गरिएको छ ।

मङ्गलबार बिहान एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डेले वडा नम्बर ०१ स्थित जुगेपानीमा निर्मित कानु मगरको अर्धकदको सालिक अनावरण गरेकी हुन । सालिक अनावरण कार्यक्रममा पाण्डे भावुक देखिन्थिन । पाण्डे मात्र होईन कार्यक्रममा सहभागीहरुको आँखामा ब्रह्मलिन वडा अध्यक्षको स्मरण छताछुल्ल देखिन्थ्यो ।

“बिकाश निर्माण र चित्र प्रयायबाची थिए ,चित्रको बिकाश प्रतिको भोकलाई रोगले कसरी जित्यो आज सम्म बिश्वाश लाग्दैन” अनावरण पछि भावुक हुँदै अध्यक्ष पाण्डे थप्छिन “तिम्रो निस्वार्थ सेवाको भाब र योगदानका कारण चित्र तिमिलाई हुप्सेकोटले चिरकाल सम्म सम्झिरहनेछ ” पाण्डेले आफ्नो मन्तब्यमा स्व. कानु मगर संगको अनुभव र आत्मियता स्मरणमा ल्याईरहिन । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पुर्ण सिं राना,वडा नम्बर १ का वडा अध्यक्ष प्रेम बहादुर घर्ती, वडा नम्बर ५ का वडा अध्यक्ष पदम बहादुर राना,वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष रोशन थापा,नेपाली काङ्ग्रेस हुप्सेकोटका सभापति बल बहादुर रानाले स्व.कानु मगरको बिकाशको सपना पूरा गर्नुनै उनिप्रती सच्चा श्रद्धाञ्जली हुने बताउँदै बिकाश निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

स्व.चित्र बहादुर कानु मगर स्मृति उद्यान निर्माण उपभोक्ता समितिले पाँच लाखको लागतमा अर्धकदको सालिक र उद्यान तयार गरेको समितिका अध्यक्ष यम बहादुर गाहाले जानकारी दिए ।

स्व. कानु मगरको जन्म २०३४ साल चैत्र २० गते भएको थियो भने २०७७ साल फागुन ५ गते हृदयघातका कारण निधन भएको थियो । संघियता पछि २०७४ सालमा सम्पन्न पहिलो स्थानिय निर्वाचनबाट उनी हुप्सेकोट गाउँपालिका वडा नम्बर ०१ को वडा अध्यक्षमा लोकप्रिय मतका साथ बिजयी भएका थिए ।

प्रकाशित : २०७९ जेठ २४ गते १२:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI