थाइल्याण्ड बन्यो गाँजा प्रतिबन्ध हटाउने पहिलो एशियाली देश

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २६ गते १७:२५
थाइल्याण्ड बन्यो गाँजा प्रतिबन्ध हटाउने पहिलो एशियाली देश

नवलपुर । थाइल्याण्ड गाँजामाथिको प्रतिबन्ध हटाउने एशियाकै पहिलो देश बनेको छ ।

औषधि र खानामा मसलाका रुपमा गाँजाको प्रयोग हुने गरेको इतिहास भए पनि थाइल्याण्डले गाँजालाई लागु औषध भनेर प्रतिबन्ध लगाएको थियो ।

लागु औषध सम्बन्धी कडा कानुन रहेको उसले कानुन परिवर्तन गर्दै गाँजाको खेति र प्रयोगलाई खुल्ला गरेको छ । सन् २०१८ मा गाँजालाई औषधिका रुपमा प्रयोग गर्न अनुमति दिएको थाइल्याण्डले अब खेति र सेवनलाई पनि खुल्ला गरेको हो । यसअघि औषधिजन्य प्रयोजनका लागि मात्र गाँजा खेति खुल्ला थियो ।

कानुनमा भएको परिवर्तनसँगै अब थाइनागरिकले घरका गमला र खेतबारीमा पनि गाँजा लगाउन पाउने छन् ।

गाँजा खुल्ला गरेसँगै थाइल्याण्डले गाँजाको कारोबार र सेवन गरेको अभियोगमा जेल हालेका ४ हजार बन्दी रिहा गर्ने तयारी पनि छ ।-एजेन्सी

प्रकाशित : २०७९ जेठ २६ गते १७:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI