उद्घाटन गर्दागर्दै भत्कियो पुल, नालामा खसेर मेयरसहित दर्जनौं घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २७ गते ८:३२
उद्घाटन गर्दागर्दै भत्कियो पुल, नालामा खसेर मेयरसहित दर्जनौं घाइते

एजेन्सी । मेक्सिकोको दक्षिणी शहर कुएर्नाभामा उद्घाटन गर्दागर्दै पुल भत्किएको छ । एउटा पुल भत्किँदा मेयरसहित दर्जनौं मानिस घाइते भएका छन् ।

रमणीय पार्क–छेउको झोलुङ्गे पुल उद्घाटन गर्दागर्दै एक्कासी भत्किएको सार्वजनिक भिडियोमा देखिन्छ । मोरेलोस राज्यका गभर्नर कुउहटेमोक ब्लान्कोले मेयर जोसे लुइस उरिओस्टेगुइ नालामा खसेर सामान्य घाइते भएको पुष्टि गरेका छन् ।

उद्घाटनका लागि पुलमाथि हिँडिरहेका मेयर जोसे लुइस उरिओस्टेगुइसहित शहरका दर्जनौं सरकारी अधिकारीहरू नालामा खसेका छन् । भिडियोमा भनिएको छ- ‘पुलको उद्घाटन समारोह चलिरहेको थियो। त्यसका लागि थुप्रै मानिसहरू पुलमाथि हिँडिरहेका थिए । लगत्तै झोलुङ्गे पुल भत्कियो ।’

पुल भत्किँदा थुप्रै मानिसहरू नालामा खसेर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीयवासीका अनुसार क्षमताभन्दा बढी मानिस त्यहाँ पुग्दा झोलुङ्गे पुल भत्किएको हो ।

प्रकाशित : २०७९ जेठ २७ गते ८:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI